लिबर्टी इनर्जीद्वारा एकैपटक तीन आर्थिक वर्षको साधारण सभा आह्वान, हकप्रद निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव

४ बैशाख २०८०, सोमबार १०:५८

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले ११औं, १२औं र १३औं साधारण सभा यहि वैशाख २५ गते सोमबार अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले हाल कायम रहेको पुँजीको संरचनामा संशोधन गर्ने तथा अख्तियारी सम्बन्धमा प्रस्ताव छलफल गरी पारित गर्नेछ । साथै कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

त्यस्तै, कम्पनीले आफ्नो चुक्तापुँजी र संचित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृति दिने सम्बन्धमा प्रस्ताव लैजानेछ । यसका अलावा अन्य हाइड्रोपावर कम्पनीहरु गाभ्ने।गाभिने तथा प्राप्ति, खरिद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै आव २०७६।७७, २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, सोही आवमा भएको वित्तीय विवरणहरुमाथि छलफ गरी पारित गर्ने, आव २०७७।७८ र २०७८।७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एकजना गरी ६ जना संचालकहरुको निर्वाचन गर्ने र एकजना स्वतन्त्र संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*