भूगोल इजर्नी डेभलपमेन्ट कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

४ बैशाख २०८०, सोमबार ११:४७

काठमाडौं । भूगोल इनर्जी डेलभपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ वैशाख ३ गते बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले पाएका छन् । आइपीओ पाउने शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने जिज्ञाषाको विषय बनेको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ६७ रुपैयाँ ६३ पैसादेखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको शेयर पहिलो कारोबारको लागि वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा भूगोल इनर्जीले उक्त रेञ्ज पाउने देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*