अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
४ बैशाख २०८०, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन नेप्से परिसूचक २३ अंकले घटेको छ । नयाँ वर्ष लागेसँगै शेयरबजार बढ्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् । नेप्से इन्डेक्स घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै आज जम्मा ९१ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको ६ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













