शेयरबजारमा दोहोरो अंकको गिरावट, १३ वटै उपसूचक राताम्य

४ बैशाख २०८०, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन नेप्से परिसूचक २३ अंकले घटेको छ । नयाँ वर्ष लागेसँगै शेयरबजार बढ्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ३९ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक विकास बैंक उपसूचक १.८८ प्रतिशत र फाइनान्स उपसूचक १.८० प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*