चिलिमे हाइड्रोपावरको नाफा ५२ करोडमाथि, इपीएस कति ?

२० बैशाख २०८०, बुधबार १०:३०

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चैत मसान्तसम्ममा विद्युत बिक्री मार्फत ८० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३३ प्रतिशत कम हो । त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३५.०७ प्रतिशत बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंक मौज्दात बढेको र ब्याज दरमा सुधार भएका कारण वित्तीय आम्दानी बढ्न पुगेको हो ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५९ पैसा घटेर ९ रुपैयाँ ७२ पैसामा सीमित भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ७.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*