भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं। । सरकारले भोलि बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैशाख २२ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । *
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको छ । भोलि बुद्ध जयन्ती (बैशाख पूर्णिमा–चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’
भोलि सरकारी सबै कार्यालय बन्द हुने भएको छ ।
भोलि २५६७ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रम गरी मनाइदै छ । नेपालसहित भारत, भुटान, म्यानमार, चीन, श्रीलंका, भियतनाम, मंगोलिया, कम्बोडिया, थाईल्याण्ड लगायतका देशमा बुद्ध जयन्ती मनाइन्छ ।
यसअघि मन्त्रिपरिषदको बैठकबाट निर्णय गरी विदा दिँदै आएकोमा यस वर्ष बार्षिक क्यालेण्डरमै सार्वजनिक विदाको सूचिमा राखेर बृद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा विदा दिइएको हो । कतिपय मानिसहरुले भोलि कूल पूजा गरेर देवाली समेत गर्ने गर्दछन् ।
*यसअघि मिति अन्यथा पर्न गएकोमा सम्पादन गरिएको छ ।













