मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको छ।यसअघि जेठमा गर्ने भनिएको मौद्रिक नीतिको समीक्षा वैशाखभित्रै आउने तयारी भईरहेको राष्ट्र बैंकको स्रोतले जनाएको छ।
केन्द्रीय बैंकले अहिले अर्थतन्त्रमा सूचकहरूको सुक्ष्म विश्लेषण गरिरहेको छ। नौ महिनाको तथ्यांकमाथि अहिले विश्लेषण चलिरहेको छ। समस्याग्रस्त अर्थतन्त्रलाई उकास्ने माध्यम भनेकै मौद्रिक नीतिलाई बनाउँदा केन्द्रीय बैंक थप दबाबमा छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सही दिशामा ल्याउनुपर्ने बताउन थालेपछि राष्ट्र बैंकको यति बेला मैद्रिक निति समिक्षा गर्नमा हतारीएको देखिन्छ ।
अर्थमन्त्री महतले सेयर कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाउनुपर्ने, सेयर बजारलाई चलायमान बनाउनुपर्ने बताएपछि केन्द्रीय बैंक थप दबाबमा परेको हो।बैंकहरुको ब्याजदरको बिषय र उद्योग व्यवसायीसँग माग सम्बोधन गर्ने जस्ता कुराहरु समावेश गर्ने तयारीमा छन् ।
आन्तरिक अर्थतन्त्र अहिले समस्यामा छ । राजस्व संकलन पनि लक्ष्य अनुसार हुन सकेको छैन । विकास खर्चको अवस्था दयनीय छ ।अर्थतन्त्रमा मन्दीको संकेत देखिएको छ । यस्तो अवस्थामा आगामी बजेटमार्फत अर्थतन्त्रलाई गति दिने र मन्दीमा जानबाट जोगाउन सक्ने गरी नयाँ बजेट आउने अपेक्षा गरिएको छ ।
संघीय संसद्को बजेट अधिवेशन आज सुरु हुँदैछ । जेठ १५ गते अनिवार्यरुपमा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।अर्थमन्त्री महतले जेठसम्म बाटो हेरेर नबस्न समेत सुझाव दिईसकेको छ । यसअघि अर्थमन्त्री जनार्दन शर्माले जेठमा गर्ने भनिएको मैद्रिक नितिको समिक्षा बैशाखके अन्तिम सातामा हुने देखिएको छ ।











