सुनको मूल्य बढ्दा चाँदीको स्थिर
२५ बैशाख २०८०, सोमबार ११:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भैरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।












