लिबर्टी इजर्नी कम्पनीको नयाँ संचालक समिति गठन, अध्यक्षमा आत्मराम घिमिरे

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको संचालक समितिमा ५ जना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वैशाख २५ गते सम्पन्न भएको ११औं, १२औं र १३औं साधारण सभाबाट संस्थापक समूहतर्फबाट ५ जना संचालन निर्वाचित भएका हुन् ।
निर्वाचित हुने संचालकहरुमा आत्मराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल रहेका छन् भने सर्वसाधारण समूहबाट लोचन कोइराला निर्वाचित भएका छन् । साथै कम्पनीको स्वतन्त्र संचालकमा अनुज्ञा सापकोटालाई चयन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
साथै साधारण सभापश्चात् कम्पनीको बसेको संचालक समितिको बैठकले डा. आत्मराम घिमिरेलाई संचालक समितिको कार्यकारी अध्यक्षमा चयन गरिएको छ । कम्पनीको सो सभाले तीन आवको वार्षिक प्रतिवेदन पारित गर्ने, संचालकहरुको चयन गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।












