भ्रष्टाचारको विरुद्ध संसदमा कुरा उठाउदा महिला हिंसा हुँदैन: सांसद तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले आरजुको भ्रष्टाचारको विरुद्ध संसदमा कुरा उठाउदा महिला हिंसा हुँदैन भनेकि छिन् । ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुप¥यो, – भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ डा. तोसिमाले प्रश्न गरिन् ।
रास्वपा सांसद तोसिमाले अगाडि भनिन्, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् ।
सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।












