कर्मचारीको प्रोत्साहन भत्ता, ओटी समेत खारेज गर्ने निर्णय, कर्मचारीको तलव घट्यो !

१५ जेष्ठ २०८०, सोमबार १६:५२

काठमाडौं । सरकारले आगामी आवदेखि सरकारी कर्मचारीहरुको तलवमा भारी कटौति गरेको छ । आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता, अतिरिक्त काम बापतको भत्ता लगायतका सबै प्रकारका भत्ताहरु खारेज गर्ने निर्णय गरेको छ ।

सरकारले कर्मचारीको तोकिएको ग्रेड र तलव भने घटाएको छैन । वर्तमान नीति अनुरुप भत्ता कटौतिसँगै थुप्रै कर्मचारीहरुको तलव घटेर आउनेछ ।
नयाँ व्यवस्था अनुसार दुर्गम क्षेत्रको भत्ता भने जारी नै रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*