१०० रुपैयाँमा नै कम्पनी दर्ता गर्न पाइने, पुँजि बृद्धि र नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने
१५ जेष्ठ २०८०, सोमबार १७:०२

काठमाडौं । नेपाल सरकारले कम्पनी दर्ता गर्दा विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरी १०० रुपैयाँ अधिकृत पुँजिको नयाँ कम्पनी दर्ता गर्न पाइने भएको छ ।
त्यस्तै, बजेटमा भएको व्यवस्था अनुसार अबदेखि नयाँ कम्पनी दर्ता र चुक्ता पुँजि बृद्धि गर्दा लाग्दै आएको शुल्क खारेज गरिएको छ ।
नयाँ व्यवस्था अनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा हुँदै आएको भ्रष्टाचार, ढिलासुस्ती र हेराफेरीको अन्त्य हुने विश्वास गरिएको छ ।













