प्रदेश तथा स्थानीय तहलाई १ खर्ब ४६ अर्ब बजेट बिनियोजन
१५ जेष्ठ २०८०, सोमबार १७:१२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीयकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड वितरण गर्ने भएको छ ।
आगामी आवको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । साथै स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा एक खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री महतले बताए ।












