सामुदायिक विद्यालयमा संचालित दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन, जङ फुड बन्देज
१५ जेष्ठ २०८०, सोमबार १८:०७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पनि यसअघि दिदै आएको छात्रावृत्ति व्यवस्थालाई निरन्तरता दिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
सीमान्तकृत वर्ग, पिछडिएका वर्ग तथा दलित छात्राहरुलाई दिइ आइरहेको छात्रावृत्ति निरन्तरता दिने अर्थमन्त्री महतले बताए । साथै सामुदायिक विद्यालयहरुमा संचालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।
साथै आगामी आवमा दिवा खाजामा जङ फुड दिन नपाइने व्यवस्था गरिएको अर्थमन्त्री महतले बताए ।












