३२२ स्थानीय तहमा निर्माणाधिन अस्पतालका लागि ३ अर्ब बजेट विनियोजन

१५ जेष्ठ २०८०, सोमबार १८:१५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सम्पन्न हुने १०० अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड विनियोजन गरिएको घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

साथै अर्थमन्त्री महतले बहुसांख्यिक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने गरी स्थानमा आधारभूत अस्पताल निर्माण गर्न प्राथमिकता दिइने बताए । साथै ३२२ स्थानीय तहमा निर्माणाधिन अस्पताल निर्माण कार्यका लागि ८ अर्ब विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*