विपन्न वर्गका आवास निर्माणका लागि एक अर्ब २६ करोड बजेट विनियोजन
१५ जेष्ठ २०८०, सोमबार १८:२७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा दलित, लोपोन्मुख, सीमान्तकृत र जनजाती समुदायका लागि घर निर्माणका लागि १ अर्ब २६ करोड विनियोजन गरिएको घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत १० हजार आवासीय भवनको खरको छाना, जस्ता सामाग्री विस्थापित गर्न ७९ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।












