आगामी आवमा थप ६ सय झोलुङ्गे पुल निर्माण गरिने
१५ जेष्ठ २०८०, सोमबार १८:३३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ६०० वटा झोलुङ्ग पुल निर्माण गरिने घोषण गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले देशैभरका स्थानीय क्षेत्रमा ६ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न ५ अर्ब ८३ करोड बजेट विनियोज गरिएको बताए ।












