हिमालयन लाइफको नेपालगंज शाखाले एजेन्सी रिफेस्रमेन्ट कार्यक्रम सम्पन्न

२१ जेष्ठ २०८०, आईतवार १८:११

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालगंज शाखाले एजेन्सी रिफेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । नेपालगंज ब्रान्चमा हिमालयनले अभिकर्तासँग भेटघाटका साथै प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको हिमालयन लाइफले यो कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा मार्केटिङ हेड शर्माले सफल अभिकर्ताका अवसर र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए । तीन वटा कम्पनी एक आपसमा गाभिएसँगै कम्पनी ठूलो बनेकाले अधिकृत पूँजी धेरै हुनुका साथै बिमितका लागि प्रशस्त जीवन बीमा योजना भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*