अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेरको बिषयमा संसदमा उठ्यो प्रश्न, रातारात गाडी भित्र्याएको बिषयमा छानविन गर्न माग

काठमाडौं । आगमी आर्थिक बर्षको बजेट बनाउने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर भएको भन्दै सांसदहरुले प्रतिनिधि सभामा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् ।
यस बिषयमा आज सांसदहरुले कडा रुपमा आफनो अभिव्यक्ति दिएका छन् । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी पूर्व नायव सुब्बालाई प्रवेश गराई करका दर हेरफेर भएको भन्दै नेकपा एमालेका सांसद ठाकुर गैरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रश्न उठाएका हुन ।
आगामी आर्थिक वर्ष २०८/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनीहरुले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन ।संसदमा बोल्दै उनीहरुले भन्सार विभागका पूर्व नायव सुब्बालाई बजेट बनाउने गोप्य कोठामा लगेर करका दर हेरफेर गरेको बिषय गम्भिर भएको भन्दै अर्थमन्त्रीमाथि नै कारवाही हुनुपर्ने बताए ।

त्यस्तै एमालेका सांसद गैरेले निश्चित व्यवसायीको हितमा अर्थमन्त्री महतले करका दर लिकेज गरेको बताए ।‘गत वर्षको जस्तो सीसीटिभी फुटेज लुकाइन्न, मुसाले तार पनि काट्दैन भन्ने, तर निश्चित घरानाका मान्छेहरुलाई करमा छुट दिनेगरी बजेटमा लिकेज हुँदा सरकार प्रति विश्वास गर्ने ठाउँ रहेन’ गैरेले भने ।
गैरेले थपे ‘गाडी खरिद गर्नेहरुलाई सहुलियत हुनेगरी, उनीहरु रातारात धनी हुनेगरी करका दर लिकेज हुने समामाचार आएको छ । यस्तो अवस्थामा अर्थमन्त्री महतले बजेटमार्फत सबैलाई एकै नजरले हेर्छु भन्ने कुरामा सत्यता रहेन ।’
गैरेले भने ‘गाडी खरिद गर्नेहरुलाई सहुलियत हुनेगरी, उनीहरु रातारात धनी हुनेगरी करका दर लिकेज भएको हल्ला सुनिएको छ ।’
करको दर लिकेज हुँदा अर्थमन्त्री महतले बजेटमार्फत सबैलाई एकै नजरले हेर्छु भन्ने कुरामा सत्यता नरहेको पुष्टि भएको उनको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शाहीले गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषयमा छानविन हुनुपर्ने माग गरे ।
अर्थ मन्त्रालयले अनधिकृत रुपमा करको दर हेरफेर गरेको भए अर्थमन्त्रीमाथि कारवाही हुनुपर्ने उनको माग थियो । उनले संसदीय छानविन नगरी बजेटमा छलफल हुन नसक्ने भन्दै भोलिको बैंठकले छानविन समिति बनाउनुपर्ने माग गरे ।











