नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभा सम्पन्न

२३ जेष्ठ २०८०, मंगलवार १६:५०

काठमाडौं । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष कुमुद कुमार दुगडको अध्यक्षतामा आइतबार काडठमाडौंको नक्साल स्थित म्यारियट होटलमा सम्पन्न भएको हो ।

सभाले कुमुद कुमार दुगडको अध्यक्षताका १७ जनाको नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । यसका साथै सभाले मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्ने, नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति तर्जुमा गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने, मैदा नेपालमा आत्मनिर्भर भैसकेकोले विदेशबाट मैदा आयातको आवस्यक नपर्ने, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने, बैकब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*