अर्थमन्त्रीलाई रविको प्रश्न: बजेट होलसेलमा तयार भएको त होइन ?

२५ जेष्ठ २०८०, बिहीबार १३:५२

काठमाडौं । सम्रग बजेट हचुवाको भरमा तयार भएको आशंका गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले अर्थमन्त्री डा प्रकाशशरण महतलाई राजस्व अनुमानका सन्दर्भमा पाँच प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरेका हुन्। समग्र बजेट नै हचुवाको भरमा तयार भएको आशंका गर्दै लामिछानेले राजस्व वृद्धिदरको लक्ष्यमाथि प्रश्न उठाएका हुन्। राजस्वका अधिकांश शीर्षकको स्रोत अवस्था फरक भएको तर वृद्धिदरको समान लक्ष्य राखिएको उनले बताए। ‘यसले हचुवाको भरमा बजेट तयार भएको आशंका प्रशस्त दिएको छ’, उनले भने।

कर, गैरकरमात्र होइन त्यहाँभित्रका विभिन्न शीर्षकलाई प्रभाव पार्ने तत्वमा भिन्नता हुने भए पनि वृद्धिदरको लक्ष्य एउटै राख्नुपर्ने, कतै यो होलसेलमा तयार भएको बजेट त होइन? भन्दै उनले प्रश्न गरे। बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले भने, ।’

उनले आफूहरुलाई राजनीतिको कुनै सरोकार नहुँदा र भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेशी जनताको पक्षमा उभिएको बताए ।

साथै उनले आगामी बर्ष २४।३७ प्रतिशतले राजस्व हुन्छ भन्ने अनुमान हचुवाको भरमा गरिएको भन्दै यस बिषयमा समेत अर्थमन्त्रीलाई प्रश्न सोधेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*