एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला

२९ जेष्ठ २०८०, सोमबार १०:१७

काठमाडौं । एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ ।

आर्थिक वर्ष २०८०।८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य जम्मा ५२ लाख ९९ हजार रुपैयाँ मात्र तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रहेको थियो । विश्वमा चर्चित एमजि ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

कोभिडपश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक विक्रिका कारणले एमजिले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको छ । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्दि कारण पनि जेडएस इभि (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो ५२ लाख ४९ हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०।४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*