मध्य भोटेकोशी जलविद्युतद्वारा दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

३० जेष्ठ २०८०, मंगलवार ०९:३०

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यहि आउँदो असार २० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजना गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७७।०७८ र आव २०७८।०७९ को वार्षिक प्रतिवेदनको प्रस्तुत गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

यसका साथै, सभाले लेखापरीक्षण प्रतिवेदन सहित आव २०७७।०७८ र आव २०७८।०८९ साल असार मसान्तको वित्तीय विवरणहरू ( वासलात, आय विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने छ ।

सभाले कम्पनीको सञ्चालक समितिको मिति २०७९।०५।०७ मा बसेको २७९ औं बैठकको निर्णयानुसार कम्पनी ऐन, २०६३ को दफा ११३ मा भएको व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुरोध गरिएकोमा उक्त कार्यालयको मिति २०७९।०५।१४ को स्वीकृति अनुसार लेखापरीक्षक एचकेएसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार आव २०७८।०७९ को लागि मूल्य अभिवृद्धि करबाहेक एक लाख अठहत्तर हजार रुपैयाँ लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षक नियुक्त गरिएकोले सोको अनुमोदनका साथै आव २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गर्ने, सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले वार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजको कार्य असार ६ गते बुधवार १ (एक) दिन बन्द गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*