आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

३२ जेष्ठ २०८०, बिहीबार १६:३१

काठमाडौं। नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्था को शेयर कारोबार रोक्का गरेको छ । आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकीकृत कारोबार थाल्दै भएपनि शेयर कारोबार रोक्का गरेको हो ।

लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते आग्रह गरेको थियो । सोहि पत्रका आधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको हो ।

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले गत फागुन ३० गते साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए । डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार सौराहा, चितवनमा भएको थियो । त्यसैगरी, आदर्श लघुवित्तको पाँचौ वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*