पिपुल्स हाइड्रोपावरका दुई जना संचालकद्वारा एकसाथ राजिनामा

३ असार २०८०, आईतवार १०:३०

काठमाडौं । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडका दुई जना संचालकहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

कम्पनीको २०७६ साल पौस २७ गते भएको १२औं वार्षिक साधारण सभा बाट नियुक्त भएका संचालक धर्मध्वज पराजुली र भिमलाल पौड्यालले आफ्नो व्यक्तिगत कारण देखाई जेठ १४ मा राजिनामा दिएका हुन् ।

कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको साझ ५ बजे बसेको संचालक समितिको बैंठकले उनीहरुको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*