सुनको मूल्य स्थिर, चाँदीको घट्यो

४ असार २०८०, सोमबार ११:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*