बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

११ असार २०८०, सोमबार १०:५४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सूनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*