प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
५ आश्विन २०८०, शुक्रबार १७:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो ।
भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।













