नेपाल रिपब्लिक मिडियाको वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

१२ आश्विन २०८०, शुक्रबार १२:२०

काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णयले सभा काक्तिक ३ गते जडिबुटी इन्द्रेणी ब्याङ्क्वेट, जडिबुटी चोक, काठमाडौंमा आयोजना गरेको हो ।

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ । सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १८ गते (असोज १९ गते शुक्रबार र २० गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*