आइएमई पेबाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने

१२ आश्विन २०८०, शुक्रबार १२:५४

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले क्यापिटलको एनआईसी एशिया डायनामिक ऋण कोष तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगनी योजनाको एसआईपी किस्ता तथा एकाइ खरिदको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*