एनआईबिएल प्रगति फण्डको नगद लाभांश वितरण

१४ आश्विन २०८०, आईतवार १०:३२

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगती फण्डले आफ्ना इकाईधनीहरुलाई नगद लाभांश (प्रतिफल) वितरण गरेको छ । फण्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई लाभांश वितरण गरेको हो ।

फण्डले आव २०७९।८० को लागि योजनाका इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशत का दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप फण्डले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराउन आग्रह समेत गरेको छ । लाभांंश वितरण गर्नका लागि फण्डले असोज २ गते बुक क्लोज गरेको थियो । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुको खातामा फण्डले उक्त नगद लाभांश जम्मा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*