आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?
१४ आश्विन २०८०, आईतवार ११:००

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ ।
नेपाली सुनचाँदीको महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर एक लाख आठ हजार र तेजावी सुनको मूल्य एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन (शुक्रबार) नेपाली बजारमा छापावाला सुन १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजावी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।












