आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

१४ आश्विन २०८०, आईतवार ११:२४

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो ।

दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षीत गर्नुभएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षीत भएका विद्याथीहरुलाई बधाई दिए ।

उनले दिक्षीत विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताए । उनले भने, ‘तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’

उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दिक्षीत विद्यार्थीहरुलाई कुनै बेला सहयोग गर्न आफू तत्पर रहेको बताए । उनले भने, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय निर्देशक कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।

विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*