नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने
१४ आश्विन २०८०, आईतवार १५:४९

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।
नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।
केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।












