भल्भो नेपालको कार्यालय ललितपुरमा स्थानान्तरण

१४ आश्विन २०८०, आईतवार १७:०७

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर हो । पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् ।

कम्पनीका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाई आएका छन् भने समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकिकरण गर्न समेत सफल भएको छ । कम्पनीले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ ।

हाल आएर कम्पनीको मुख्य कार्यालय चाकुपाट, ललितपुरबाट स्थानान्तरण भएको हुदा सम्बन्धित ग्राहक वर्गले मेसिन खरिद, मर्मत संभार, सर्भिसिङ्ग, स्पेयर पार्टस आदि कार्यका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*