बीमा सर्भेयरको परीक्षाको मिति तय

१५ आश्विन २०८०, सोमबार १६:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिई इजाजत पत्र लिन बाँकी रहेका व्यक्तिहरुको परीक्षा मिति तय भएको छ ।

प्राधिकरणले परीक्षाको मिति असोज २४ गते बिहान ११ः०० बजेदेखि १२ः३० बजेसम्म तय गरेको छ । परीक्षा अनलाइन मार्फत हुनेछ । परीक्षाको मिति तोकिएसँगै प्राधिकरणले सर्भेयरको तालिम लिई इजाजतपत्र लिन बाँकी रहेकालाई आफ्नो विवरण भरी रजिष्ट्रर गर्न आग्रह गरेको छ ।

रजिष्ट्रर सफल भएका व्यक्तिहरको नाम असोज २२ गते सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*