रुपन्देहीको मर्चवारी गाउँपालिकामा छोरी बीमा कार्यक्रमको सुरुवात

१६ आश्विन २०८०, मंगलवार १७:४९

काठमाडौं ।  रुपन्देहीको मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

गाँउपालिकाको अध्यक्षको पहलको कार्यक्रम अन्तर्गत छोरी बीमा कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम अन्तर्गत जन्जात छोरी जन्मेका र २० बर्षसम्म विवाहित नभएका परिवारले उक्त कार्यक्रमममा सहभागी हुन पाउनेछन् ।

कार्यक्रम बालबिवाह न्यूनीकरण र विद्यालयमा छात्रालाई टिकाइ राख्न समेत उपयुक्त देखिएको छ ।

बाल विवाह न्यूनीकरणका लागि यो कार्यक्रम ल्याइएका कारण २० बर्ष नपुग्दैं विवाह गरेमा बीमाबापतको रकम सम्वद्ध बालिकाले पाउन नसक्ने र रकम पालिकामै फिर्ता हुने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यसबाट विहेबारी २० बर्षपछि हुने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षा हुने विश्वासका साथ कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

मधेसी र मुस्लिम समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन रहेकाले त्यसलाई रोक्न दीर्घकालिन रुपमा लाभदायक हुन्छ ।’ छोरी बीमा कार्यक्रमपछि भ्रुण हत्या रोकिने र आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा पनि टेवा पुग्ने पालिकाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*