इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त
१८ आश्विन २०८०, बिहीबार १०:३३

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् ।
कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको निर्णयले उप्रेतीलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई असोज १८ गते अर्थात आजको मितिले ४ वर्षको लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।












