गार्डियन माइक्रो लाइफद्वारा पाँच लाखको दावी भुक्तानी
१९ आश्विन २०८०, शुक्रबार १८:०९

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा क्षेत्रमा नै पहिलो दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित अमित कुमार राजबंशीलाई पाँच लाख २५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।
कम्पनीका बीमीत राजबंशीले पाँच लाख रुपैयाँको म्यादी जीवन बीमा गरेका थिए । उनले बार्षिक बीमा शूल्क दुई हजार ८१ रुपैयाँ तिरेका थिए । उनको भदौ ३० गते असामयीक निधन भएकोले उनी दावी सम्बन्धी कागजातहरु असोज १८ गते प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीले असोज १८ गते सम्पु्र्ण आवश्यक प्राप्त भए पश्चात आज बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद पोख्रेलको उपस्थीतीमा ५ लाख २५ हजार रुपैयाँ बिद्युतिय माध्यमबाट दाबी भुक्तानी गरेको छ ।












