ईसेवा र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

२१ आश्विन २०८०, आईतवार १५:५४

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने जनाइएको छ ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र सिबिएल मनि ट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् । ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फर बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले भने, “सिबिएल मनि ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ । सिबिएल मनि ट्रान्स्फर मलेशियामार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ”।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

सिबिएल मनि ट्रान्स्फर विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । सिबिएल मनि ट्रान्स्फर विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*