गणपति लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई पनि अवसर
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठुलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीको अनुगमन अधिकृत (अधिकृत), शाखा प्रबन्धक, बरिष्ठ सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको...
इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न...
हिमालयन लघुवित्तको सिईओमा आचार्य पुनः नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विनोद आचार्य पुनः नियुक्त भएका छन् । कम्पनीको सिईओ पदमै कार्यरत रहेका विनोद आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको थियो । यसैबीच कम्पनीको असार १८ गते बसेको...
प्रतिकित्ता १५० रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमा बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण व्यक्ति तथा...
कर्पाेरेट डेभलपमेन्ट बैंकको साधारणसभा आज
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज असार १९ गते साधारणसभा गर्दैछ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष (आव) २०७९।८० को...
सुस्ताएको वाणिज्य बैंक सेक्टरमा देखियो उछाल, कुनको शेयर मूल्य कति ?
काठमाडौँ । एमाले र काँग्रेसको सरकार बन्ने भएपछि शेयर बजारमा आज उछाल आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने आशले लगानीकर्ताका उत्साह छाएको हो । आज अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । यसदिन बैंकिङ समूहको शेयर...
४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६...
तपाई एनआइसी एशिया बैंकको ग्राहक हो ? पाउनुहोस् यी २७६ संस्थामा आकर्षक छुट
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ यो नारा हो ‘एनआइसी एशिया बैंक’ को । वाणिज्य बैंक मध्य सर्वोत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी आम सर्वसाधारणलाई आफूसँग जोडेर साथीको अनुभूति गराइ रहेको छ । एनआइसी...
कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो...
यस्तो छ नेष्डो समृद्ध लघुवित्तको पाँचौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २५ गते, पर्वत जिल्लाको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।...
एनआइसी एशिया लघुवित्तका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । एनआइसी एशिया लघुवित्तका अध्यक्ष प्रकाश राज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट उनले शपथ ग्रहण गरेको हुन् । कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएपश्चात रिक्त रहेको...
सिद्धार्थ बैंकको भवनमा आगलागी
काठमाडौँ । सिद्धार्थ बैंकको भवनमा आगलागी भएको छ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा ठुलो आगो लागेको हो । आगो लागेपछि बैंकका कर्मचारी सहित भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका...
वाणिज्य बैंकका लगानीकर्ता बने मालामाल, सम्पूर्णको शेयरमूल्यमा उछाल (सूचीसहित)
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३.३८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज बैंकिङ्ग इन्डेक्स पनि २.०४ प्रतिशतले...
प्रभु बैंकका ग्राहकले होटल हिमालयमा छुट पाउने
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा...
सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको १३ प्रतिशत बोनश शेयरका दरले कुल १...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको निक्षेप संकलन ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय...
ग्रामिण विकास लघुवित्तका सञ्चालकहरु र सीईओ कटुवालले कति बुझे तलव भत्ता ?
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रारित प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्याम कुमार...
यस्तो छ अभियान लघुवित्तको चौथो वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा असार ६ गते बिहीबारका दिन ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा –४, काभ्रेपलाञ्चोकमा उक्त सभा सम्पन्न भएको हो । सभाले...
सिटिजन्स बैंकका सञ्चालक सजन शर्माको राजिनामा स्वीकृत
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक शर्माको राजिनामा सञ्चालक समितिको असार १६ गते दिनको ४ बजे बसेको बैठकले स्वीकृत गरेको हो ।
प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ७०० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा इच्छुक जोकोही...



















