प्रतिकित्ता १५० रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमा बिक्रीमा ल्याएको हो ।
यो शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा ल्याइएको हो । शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
शेयर खरीदका लागि आवेदन दिँदा घटीमा एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।