हिमालयन लघुवित्तको सिईओमा आचार्य पुनः नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
कम्पनीको सिईओ पदमै कार्यरत रहेका विनोद आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको थियो । यसैबीच कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई सिईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५, लहरेपौवा स्थायी ठेगाना भएका सिईओ आचार्यलाई आगामी चार वर्षको कार्यकालका लागि पुनः नियुक्ति गरिएको कम्पनी सचिव देवकर कार्कीेले जानकारी दिएका छन् ।