चौधरी ग्रुपले ५८ करोड बीमा दावी मुद्दा हार्यो, चार करोड रुपैयाँ युनाईटेड अजोडलाई तिर्न आदेश
काठमाडौं । सिजि ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रा.लिको सतुंगलमा भएको आगोलागी घटनामा ५८ करोड रुपैयाँ बीमा दावी गरिएको मुद्दामा चौधरी ग्रुपले पराजय भोगेको छ भने नियामक बीमा प्राधिकरणको जित भएको छ । सर्वोच्च अदालतले सो सम्बन्धी ११ वटा मुद्दामा...
योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !
काठमाडौं । आज बसेको मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेको छ । आजै साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा लाई नियुक्त गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय ओझालाई नियुक्त गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा...
बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नियामक नेपाल बीमा प्राधिकरणले दुषित नियतसाथ बीमा अभिकर्ताको पेशा धरापमा पार्ने केही प्रावधानहरु राखेर नियामवलीको मस्यौदा बनाएको थियो ।...
कार्य सम्पादन उत्कृष्ट हुँदा सुशिल देव सुवेदी १९ वर्षपछि बीमा प्राधिकरणको सर्वोच्च पदमा, कासमुमा पाए ४९ अंक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले दोस्रो बरियतामा रहेका शुसिलदेव सुवेदीलाई कार्यकारी निर्देशक पदका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यससँगै सुवेदीले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको सर्वोच्च पद...
सुर्यज्योति लाइफबिरुद्ध उच्च अदालत पाटनको आदेश, बीमितलाई ठगी गर्ने कम्पनीबाट न्याय पाएः खड्का
काठमाडौं । बीमा गरेकै अवस्थामा गम्भिर रोग लागी ओछ्यानमा परेका भक्तपुरका अंगद खड्कालाई दावी नदिई उल्टै मुद्दा मामिला गरेर मानसिक यातनासहितका दुःख दिने सुर्यज्योति लाइफका विरुद्धमा पाटन उच्च अदालतले आज आदेश जारी गरेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय...
सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत संस्थापक शेयर कन्भर्जनमा हेराफेरी, नियामकलाई ढाँटियो
काठमाडौं । हालको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा कन्भर्जनमा गोलमाल गरेको भेटिएको छ । संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिवर्तन गर्दा आफुखुशी सीमित व्यक्तिहरुको परिवर्तन नगरी अन्यको मात्रै गरेको भेटिएको हो । नियामक...
बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित
समाचार बिश्लेषण काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे । पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा...
गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । साथै अध्यक्ष दाहालले आफ्नो...
भेरी–बबईमा छ करोड भ्रष्टाचारमा संलग्न कोइरालासहितलाई निलम्बन गर्नुपर्ने बीमा प्राधिकरणकै प्रतिवेदन कार्यान्वयन भएन
काठमाडौं । वास्तविकभन्दा छ करोड ८८ लाख रुपैयाँ बढि दावी भुक्तानी दिई भ्रष्टाचारजन्य कार्यमा संलग्न राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला, लेखा प्रमुख, दावी भुक्तानी विभागका तत्कालिन प्रमुख देवराज घिमिरे तथा सञ्चालक समितिका अध्यक्ष समेतलाई कारवाही गर्नुपर्ने...
२६ करोड चुक्तापूँजी रहेको राष्ट्रिय बीमा कम्पनीमा १ अर्बको दाबी, कम्पनीको भविष्य संकटमा
काठमाडौँ । सरकारी र सर्वसाधारणको लगानी रहेको राष्ट्रिय बीमा कम्पनी अहिले संकटको घेरामा परेको छ । २६ करोड ६६ लाख रुपैयाँ मात्र चुक्ता पुँजी रहेको कम्पनी एक अर्बभन्दा बढीको नोक्सानीमा पर्दा टाट पल्टिने अवस्थामा आइपुगेको हो । यसले गर्दा...
नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया सुरु, सिफारिस समिति गठन
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तीको लागि सिफारिस समिति गठन गरेसँगै नयाँ अध्यक्षको प्रक्रिया सुरु भएको हो । समितिमा राष्ट्रिय योजना...
लुरूलुरू हिडेर बाहिरिए निलम्वित अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालल उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएसँगै आज कार्यालय समय सकिएपछि अन्तिम दिन घर लागेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल निलम्वित, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । भ्रष्टाचारका आरोपी सुर्य प्रसाद सिलवाल अन्ततः निलम्वनमा परेका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष सिलवाल निलम्वनमा परेका हुन् । अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण...
अर्बौं घुस खुवाएर बीमा कम्पनीको लाइसेन्स लिने प्रयासमा राजेशबाबु श्रेष्ठ, अर्थमन्त्री पौडेलको नियतै खोटो
काठमाडौं । नेपालको चर्चित र विवादमा कमै मात्र पर्ने चितवन कोई समुह पनि अर्बौ रुपैयाँ घुस सेटिङ गरेर बीमा कम्पनीको लाइसेन्स लिने दौडमा अघि बढेको छ । नेपालको व्यापारिक जगतमा एउटा प्रख्यात नाम छ, स्व. लक्ष्मण बाबु श्रेष्ठ ।...
बीमा प्राधिकरण अध्यक्ष सिलवाल घर जानै लाग्दा चार वटा नयाँ लाइसेन्स वितरणको चर्चा, कसले उठाउँदै छ अर्बौ घुस ?
काठमाडौं । बीमा क्षेत्रमा लाइसेन्सको व्यापार मौलाउँदो रुपमा अघि बढिहेको छ । पछिल्लो सय सात लघुबीमा कम्पनीहरुको लाइसेन्स वितरण गरेर करोडौं रुपैयाँ घुस संकलन गरेकोमा अहिले फेरि प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल घर जानै लाग्दा नयाँ लाइसेन्सको चर्चा सुरु...
शिखर इन्स्योरेन्स कम्पनी आजबाट २१औं वर्षमा, निर्जीवन बीमा कम्पनीमा सधै उत्कृष्ट
काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रूपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आज २०औं बसन्त पूरा गरेको युवा झैँ...
ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन
काठमाडौं । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर, नियामक नेपाल बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीहरुलाइ दुई वर्ष पनि नपुग्दै धमाधम आईपिओ निष्काशनका लागि अनुमति दिँदै आएको छ...
निर्जीवन बीमा क्षेत्रकै नमुना कम्पनी बन्यो शिखर इन्स्योरेन्स, बाढी पहिरो गएको महिनादिनभित्रै शत प्रतिशत भुक्तानी गर्दै
काठमाडौं । बीमा आपत पर्दा र दैवी प्रकोपजन्य घटनाहरुबाट हुने क्षतिको सारथी हो भन्ने भनाईलाई चरितार्थ गर्दै शिखर इन्स्योरेन्सले बाढी पहिरो पीडितहरुलाई अग्रिम दावी भुक्तानी दिएर उत्कृष्ट कार्य गर्न सफल भएको छ । लामो समयदेखि नेपाली निर्जीवन बीमा क्षेत्रमा...
कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी कार्यविधि जारी (कार्यविधि सहित)
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुपंक्षी बीमाको शुल्क अनुदान उपलब्ध गराउने सम्बन्धमा नयाँ कार्यविधि जारी गरेको छ । जस अनुसार अबदेखि सबैले ८० प्रतिशत कृषि बीमाको अनुदान पाउने छैनन् । बीमांक रकम अनुसार कृषि बीमाको बीमा...



















