राष्ट्रिय बीमा कम्पनीद्वारा लङफङ अडिट रिपोर्ट समावेश नगरी लेखापरिक्षण प्रतिवेदन पास गर्न बीमा प्राधिकरणमा दबाव
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीभित्रको चरम बेथितीलाई हालै बीमा प्राधिकरणमा बित्तीय विवरण स्वीकृतिका लागि पेश गरेको कागजपत्रलाई हेरे पुग्छ । नेपाल सरकारले लागू गरेको मापदण्ड बिपरितका कागजपत्रहरु तयार पारी लेखापरिक्षण प्रतिवेदन भन्दै जतिसक्दो छिटो पास गराउन दबाव...
आइएमई रेमिटमार्फत् रकम पठाउने प्रमिला रोकायाले जितिन् एक करोड
काठमाडौं । कैलालीकी प्रमिला रोकायाले आइएमई रेमिटमार्फत विदेशबाट रकम पठाउँदा एक करोड रूपैयाँ जितेकी छिन्। आइएमईले आयोजना गरेको विशेष कार्यक्रमका क्रममा उनलाई शनिबार चेक हस्तान्तरण गरिएको हो। जापानको क्योदाइबाट आइएमईमार्फत रकम पठाउने प्रमिलालाई कैलालीमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...
भाडामा बस्ने सबै भागेपछि छायादेवी सेन्टरमा धूलो जम्न थाल्यो, एउटा होटल र सिनेमा हल उठ्न बाँकी
काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर व्यापारिक समूहको कब्जा मुक्त हुने गलभग पक्कापक्की भएको छ । सर्वोच्च अदालतले मुद्दाको अन्तिम निर्णय नदिँदै सेन्टर डङ्डङती खाली हुन पुगेको छ । छायादेवी कम्प्लेक्सले चर्चेको १५ रोपनीमध्ये १२ रोपनी...
सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?
काठमाडौं । आज पुस १४ गते सातवटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। छिमेक लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत...
कालीमाटीमा तरकारीः फर्सी २०, गोलभेडा ३० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आइतबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज हरियो फर्सी २० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, सानो लोकल गोलभेडा, स्थानीय काउली र लोकल बन्दा ३० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी कालीमाटी फलफूल तथा...
अमेरिकी डलर उच्च विन्दुमा स्थिर
काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको हो। आज एक अमेरिकी डलरको खरिदमूल्य १३६.५६ रुपैयाँ र बिक्रीमूल्य १३७.१६ रुपैयाँ रहेको छ। शनिबार पनि...
आशा लघुवित्तका शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ७ गते बसेको साधारणसभाले पारित गरेको १४.२५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीले कात्तिक २४ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिएको जनाएको छ।...
दुई तिहाईको ओली सरकार असुरक्षित ! ज्ञानेन्द्र शाह, गगन थापा र रविका दूत एकैसाथ लखनऊमा
काठमाडौं । दुई दिन पहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको लखनऊ पुगेको समाचार बाहिर आएपछि नेपालको कोर–राजनीतिभित्र तरंग पैदा भएको छ । कतिपयले ज्ञानेन्द्र शाहसँग भेट गर्न भएको भनेर दावी गरेपनि नेपाली कांग्रेसका महामन्त्री थापा आफैले भने लखनऊ...
आइएमई ग्रुपले कैलालीको चिसापानीमा केवलकार सहित अत्याधुनिक होटल बनाउने, आजै गरियो शिलान्यास
काठमाडौं । आईएमई ग्रुपले कैलाली जिल्लाको कर्णाली चिसापानीमा अत्याधुनिक होटल, क्यासिनोसहितको केवलकार बनाउने भएको छ । आज एक बिशेष समारोहका बीचमा परराष्ट्रमन्त्री आरजु देउवाले जालपादेवी केबलकारको शनिबार शिलान्यास गरेकी छिन् । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ...
राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थापक सिर्जना पन्तद्वारा बीमापोष्टको समाचारको खण्डन
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले शुक्रबार इमेलमार्फत बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेकी छिन् । समाचारमा आरोप लगाइएको व्यक्तिलाई आफ्नो भई स्पष्ट पार्ने यथाशिघ्र उचित स्थान दिने सम्पादकीय नीति अन्तर्गत प्राप्त खण्डन जस्ताको जस्तै प्रकाशित...
सिद्धार्थ बैंकको बेइमानी: कर्जा तिर्न जाँदा करौडौंको सम्पत्ति गायब, प्रबन्धक र ऋण अधिकृत प्रहरी फन्दामा
काठमाडौँ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’ । तर, बैंक सम्बन्ध प्रगाढ बनाउनुभन्दा पनि ग्राहकको सम्पती कसरी कुमल्याउ भन्ने तिर बढी ध्यान दिने गरेको तथ्य बाहिर आएको छ । बैंकले कर्जा असुलीको नाममा ग्राहकहरूको सम्पत्ति हिनामिना गरेको...
कार्यकक्षभित्रै प्रहरी जवानले आफैँमाथि पेस्तोलले टाउकोमा गोली चलाए
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय...
यो साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५९६।८२ विन्दुमा बन्द भएको नेप्से, यस साता १।३१ प्रतिशत अर्थात ३३।८९ अंक बढेर २६३०।७१ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ३...
बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्न प्राधिकरणबाट स्वीकृती लिनुपर्ने व्यवस्था हटाईदै
काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा बीमा प्राधिकरणको अनुमति लिनु नपर्ने व्यवस्था लागू गर्ने भएको छ । नियामक निकाय बीमा प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा लगानी गर्न भने कडाई गरेको छ। बीमा प्राधिकरणले ‘बीमकको स्थिर सम्पत्ति सम्बन्धी...
मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको बीमा सम्झौता
काठमाडौँ। मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका...
दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं। नेप्सेमा पुस १२ गते शुक्रबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बोनस प्रस्ताव गरेका सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयर मूल्य समायोजन भएको हो । सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र ग्रीन भेन्चर्सको १० प्रतिशत बोनसमा...
घर निर्माणको अनुमति अनलाइनबाटै
काठमाडौं । सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना’ सुरु गरेको छ । यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरूको ज्ञान र चेतना अभिवृद्धि गर्न...
कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको पैसा के होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेस्थित ख वर्गको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अनुसार यस्तो निर्णय गरेको हो। साथै, अर्को व्यवस्था...
बीमा प्राधिकरणद्वारा सिईओ नियुक्ती गर्दा पूर्वअनुमति लिनुपर्ने व्यवस्था खारेज, कस्तो असर पर्ला ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सिईओ नियुक्ती गर्दा पूर्व अनुमति लिनुपर्ने व्यवस्था खारेज गरेको छ । यसअघि सिईओ नियुक्ती गर्दा २१ दिन पहिले अनुमति लिनुपर्ने व्यवस्था रहेकोमा नयाँ बीमा ऐन २०७९ मा सो सम्बन्धी व्यवस्था नरहेको भन्दै...




















