बजार राताम्य हुँदा डुब्दै अर्बौँ लगानी, ‘तत्काल सुधारको सिटामोल कार्यदलको सुझाव कार्यान्वयन हो’
धनगढी । दशैंको लामो विदा सकिएसँगै खुलेको शेयर बजार राताम्य यात्रामा अगाडि बढिरहेको छ । लगातार दुई दिनदेखिको भारी गिरावटसँगै बजार सूचक १०४ अंकले ओरालो लागेको छ । लगानीकर्ताले आशा गरेको बजार पुनरुत्थानको सट्टा बजार निरन्तर कमजोर बन्दै गएको...
सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा नियुक्त
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा नियुक्त भएका छन् । उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्ष रहेका उनी हालको कार्यसमितिमा समेत सक्रिय...
सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण, गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिन निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् । मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन्...
नव नियुक्त सरकारी कर्मचारीलाई सावधिक जीवन बीमाको प्रिमियम समयमै बुझाउन आग्रह
काठमाडौं । नागरिक लगानी कोषले नवनियुक्त सरकारी कर्मचारीहरुलाई जीवन बीमाको लागि अपुग रकम समयमै बुझाउन आग्रह गरेको छ । कोषले एक सार्वजनिक सूचना जारी गर्दै एक आर्थिक वर्षमा नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा प्रिमियम रकम कार्यालयमार्फत कोषमा...
राजनीतिक नियुक्ति तत्काल खारेज र दोषीलाई कारबाही गर्न सातै प्रदेशका जेन–जी संयोजकको माग
काठमाडौं । तत्कालिन सरकारहरुले गरेका राजनितिक नियुक्तिहरु तत्काल खारेज गर्ने सातै प्रदेशका जेन–जी संयोजकहरुले माग गरेका छन् । भ्रष्टाचार र जवाफहीनताविरुद्ध गत २३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’को नेतृत्व गरेका युवा अगुवाहरूले विद्रोहको जगमा गठन भएको सुशीला कार्की...
एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । उक्त समझदारीसँगै बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १०...
जेनजी आन्दोलनका सहिद परिवारका एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले देश र जनताप्रति आफ्नो...
पोखराको लिची बगान घोटालाः पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार...
डिबेन्चरको मूल्य उचालिंदै, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । बुधबार नेप्से ४५.३६ अंकले घटे तापनि डिबेन्चरहरूको मूल्यमा भने उछाल आएको देखिएको छ। आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को शेयरमूल्य ७.०९ प्रतिशत, १०% एनआईएमबी डिबेन्चर २०९० को ६.४८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०३ प्रतिशत र थ्री स्टार...
शेयर बजारमा भारी गिरावट कायमै, कारोबार बढ्यो, अबको यात्रा कता ?
काठमाडौं । दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य भएको छ र कारोबारमा गिरावट निरन्तर देखिएको छ । लगानीकर्ताले आशा गरेका सुधार र सरकारको सक्रिय कदमका बाबजुद बजारले अपेक्षित गति...
आज यी दश कम्पनी लगानीकर्ताको रोजाइमा
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको मात्रै २६ करोड १६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ, सिनर्जी पावरको...
भारतीय सेनामा २८ वर्ष बिताएका मित्रलाल सिटिजन लाइफमा यसरी उदाए
निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेका छन् सिटिजन लाइफ इन्स्योरेन्सका मित्रलाल न्यौपाने । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान,...
नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ। नेपाल...
युनिभर्सल पावरको साधारणसभा भोलि बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका...
निसानले भारतमा नयाँ एसयूभी टेक्टन सार्वजनिक, आधुनिक डिजाइन र स्मार्ट सुविधासहित नेपालमा पनि आउने तयारी
काठमाडौँ । जापानी कम्पनी निसानले हालै भारतमा नयाँ कार टेक्टन घोषणा गरेको छ । हुन्डाई क्रेटाको अत्यधिक सफलताको पृष्ठभूमिमा निसानले आफ्नो नयाँ एसयूभी टेक्टनलाई सार्वजनिक गरेको हो । मंगलबार भारतमा उक्त टेक्टनको फस्ट लुक समेत सार्वजनिक गरिएको छ, जसमा...
बाढी पहिरोको बीमा दावी भुक्तानी तीव्र बनाउन नेपाल बीमक संघको आग्रह
काठमाडौं । नेपाल बीमक संघले हालसालै देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले पुर्याएको क्षतिमा सक्दो चाँडो दावी भुक्तानी उपलब्ध गराउन आग्रह गरेको छ । संघले अबिरल बर्षाको कारणले आएको बाढी तथा पहिरोले पुर्याएका क्षतिको जानकारी गर्नको लागि सम्पूर्ण बीमित...
सरकारको सक्रियताकाबीच किन शेयर लगानीकर्ताको मनोबल कमजोर ?
काठमाडौँ । दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो यात्रा गर्दैछ । लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य भएको छ र कारोबारमा गिरावट निरन्तर देखिएको छ । लगानीकर्ताले आशा गरेका सुधार र सरकारको सक्रिय कदमका बाबजुद बजारले अपेक्षित गति...
घृणायुक्त अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको चेतावनी
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित राजनीतिक घटनाक्रम र विभिन्न समूहहरूद्वारा घोषणा गरिएका आगामी प्रदर्शनहरूलाई दृष्टिगत गर्दै सबै पक्षलाई संयमित रहन र घृणायुक्त अभिव्यक्ति रोक्न चेतावनी दिएको छ। आयोगले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४...
पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयनमा, यी १५ बुँदा हुनेछन् परिवर्तन
धनगढी । पूँजीबजारमा स्थायित्व र लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले गठित कार्यदलका सुझाव कार्यान्वयनका लागि अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा देखिएका समस्या र विसङ्गति समाधानका लागि अर्थमन्त्री रामेश्वर खनालले असोज ३ गते धितोपत्र बोर्डका कार्यकारी निर्देशक...
सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । उक्त कार्यको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र...




















