जनकपुरधाम २० देवपुरामा कर्फ्यू आदेश जारी
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ। दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ...
बाढीपहिरोको जोखिम उच्च भएकाले सबैलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको आग्रह
काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा...
शनिबार रातिबाट बाढीको जोखिम
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो। महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र...
पढाऔँ, बेटी बचाऔँ’ छोरी शिक्षा बीमा कार्यक्रम बजेट अभावले स्थगित
काठमाडौं । मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट...
जीवन र निर्जिवन बीमा भनेको के हो ?
काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका...
शेयर बजारमा कसरी लगानी गर्ने ?
काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्ने वा आफ्नो लगानी अभिवृद्धि गर्न सक्दछन् । सेयर बजारमा कारोबार गर्ने क्रममा विभिन्न व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरू संलग्न रहेका हुन्छन् । नेपाली पूँजीबजार...
धनगढी उपमहानगरपालिकाको उत्कृष्ट कार्य, दशैंको टीका लगाउने ४०४ जनाले पाए निःशुल्क यातायात सेवा
काठमाडौं । धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई विजया दशमीको दिन निःशुल्क यातायात सेवा प्रदान गरेको छ। नगर प्रहरीले हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निस्शुल्क यातायात सेवा प्रदान गरेको थियो। टीका लगाउन जाने ४०४ जनालाई...
मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक
काठमाडौं । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ। मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूलो वर्षा भएमा जोखिम...
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
महोत्तरीमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८०...
भारी वर्षाको सम्भावना भएकाले रातको समयमा यात्रा नगर्न काठमाडौं प्रशासनको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी...
काठमाडौंबाट धनगढी जान साढे १७ हजार लाग्ने, सुदूरश्चिममा जताततै विरोध
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले...
हेटौडा जाने सडक खण्डमा २० गतेसम्म राति सवारी आवागमन बन्द
काठमाडौं । शुक्रबार अर्थात आजदेखि असोज २० गतेसम्म मकवानपुरका दुई सडक खण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गरी यस्तो व्यवस्था...
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी यात्रु घाइते
काठमाडौं । झापाको बिर्तामोड–६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो। बस पल्टिदा दर्जन बढी यात्रु घाइते भएका छन्। घाइतेको एकीन विवरण...
भोलिदेखि देखि २० गतेसम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय...
दशैंमा जीवित देवी कुमारीले सर्वसाधारणलाई टिका लगाइदिने
काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए। जीवित देवी कुमारीलाई...
डेंगी रोगको संक्रमणबाट जोगिन अनुरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन आग्रह गरेको छ। डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको...
देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष...
दशैंको दक्षिणाले बीमा, कसरी र कस्ता पोलिसी खरिद गर्ने?
काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...
आज बडादशैं, टीका लगाउने उत्तम साइत बिहान ११:५३ मिनेटमा
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति...



















