अविरल वर्षाले ३२ हाइड्रोपावर आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द
काठमाडौं । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा...
निजी क्षेत्रलाई लगानीको सुरक्षा गर्न र प्रोत्साहन दिन माग
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री...
अष्ट डिम्डुङको समृद्ध किस्पाङ समुहले गर्यो ऐतिहासिक किस्पाङ पोखरी सरसफाइ
काठमाडौं । ‘समृद्ध किस्पाङ हाम्रो चाहना’ भन्ने मूल नाराका साथ असोज १९ गते आइतबार दिउँसो १ बजे देखि समृद्ध किस्पाङ समूहको आयोजनामा किस्पाङ पोखरी सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । किस्पाङ गाउँपालिकाको नामकरण नै यसै ऐतिहासिक स्थलबाट भएको हो।...
नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा बितण्डा, २८ जनाको मृत्यु
काठमाडौं । नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा ठूलो धनजनको क्षति पुर्याएको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दार्जिलिङको बाढी पहिरोमा परी हालसम्म २८ जनाको...
भगवती हाइड्रोपावरको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस शेयर) बापत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।...
मनाङ प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद...
सिटिजन्स क्यापिटलद्वारा २८ करोड रुपैयाँभन्दा बढीको लाभांश वितरण शुरू
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको आम्दानीसमेत गरी कुल २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको लाभांश वितरण शुरू गरेको छ। कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ का इकाइधनीहरूलाई...
नेपालमा एवोन युटी ईभी सार्वजनिक हुँदै, अटो बजारमा नयाँ स्टाइल र स्मार्टनेस
काठमाडौं । नेपाली बजारमा चाँडै नयाँ स्टाइलिस र इन्टेलिजेन्ट ‘अर्बन ईभी’ सार्वजनिक हुँदैछ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जीएसी एवोन युटी ईभी भित्र्याउने तयारी गरेको हो । कम्पनीले यो गाडीलाई नयाँ पुस्ताका सहरमा चल्ने स्मार्ट, आधुनिक र...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको २२ करोड दावी भुक्तानी, सहज दावी प्रक्रियाले बीमितलाई राहत
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले जेन–जी आन्दोलनको बीमा दावी भुक्तानीमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा क्षति भएका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया सरल र सहज रुपमा अघि बढाएको...
मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी
काठमाडौं । २०२५ ग्लोबल सिटिजन फेस्टिभलमा बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजनसँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा...
मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने भोलि असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि गर्न लागेको १८औं वार्षिक साधारणसभा तथा लाभांश...
समता घरेलु लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि सोही शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो। तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी शेयर...
बाढीले सान्भि इनर्जीमा क्षति, विद्युत उत्पादन ठप्प
काठमाडौं । असोज १८ र १९ गते देशैभर भएको अविरल वर्षाका कारण उत्पन्न बाढीले सान्भि इनर्जी लिमिटेडमा पनि ठूलो क्षति पुर्याएको छ। असोज १९ गते बिहान करीब २/३ बजेको समयमा आएको बाढी र पहिरोले यस कम्पनीले सञ्चालन गरिरहेको जोगमाई...
सानिमा जिआईसीद्वारा वर्षाले क्षति भएका सम्पत्तिको दावी गर्न बीमितलाई आग्रह
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले हालै देशव्यापी रुपमा भएको अविरल वर्षाले बीमा गरिएका सम्पत्तिको क्षति भएमा शीघ्र दावी गर्न बीमितलाई आग्रह गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सानिमा जिआइसी इन्स्योरेन्समा बीमा रहेका सम्पत्तिहरुमा भएको...
शेयर बजार बन्द गर्ने निर्णयप्रति लगानीकर्ताको चौतर्फी विरोध
धनगढी। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि लगानीकर्ताहरूको तीव्र असन्तुष्टि देखिएको छ। सरकारले अविरल वर्षाका कारण असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरे पनि मौसममा सुधार आएसँगै असोज २० गतेको बिदा...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ ।...
दार्चुलामा जिप दुर्घटनाः एक जनाको मृत्यु, १० जना घाइते
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय...
साम्लिङ्ग र एशियन हाइड्रोपावरमा व्यापक क्षति, विद्युत उत्पादन रोकियो
काठमाडौं । असोज १८ गते देशभरकै धेरैजसो ठाउँमा परेको भारी वर्षाका कारण उत्पन्न बाढीले साम्लिङ्ग पावर कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडमा ठूलो मात्रामा क्षति पुगेको छ। असोज १९ गते बिहान करीब २/३ बजेको समयमा अनपेक्षित रूपमा पहिरो र...
आईपीओको तयारीमा रहेको जय अम्बे स्टीलको व्यापार ८ अर्ब ७५ करोड, १० अर्ब कर्जाका लागि रेटिङ
धनगढी । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जय अम्बे स्टील्स लिमिटेडले पछिल्ला वर्षहरूमा उत्पादन विस्तार, बजार सुदृढीकरण र वित्तीय सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अम्बे ग्रुपअन्तर्गत संचालनमा रहेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५...
सीडीएससी र ब्रोकरहरू तयार नहुँदा आज शेयर बजार नखुल्ने
काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। आज दिइएको सार्वजनिक बिदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा शेयर बजार नखुल्ने भएको हो। शेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने...




















