राष्ट्रपतिले शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन...
प्रतिनिधि सभाबाट ‘भन्सार विधेयक, २०८१’ पारित
काठमाडौं । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव...
सुप्रिम हेल्थ केयरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरको १२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले उक्त कार्यको लागि सोमबार बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । साथै, आज राधि विद्युत कम्पनीको ७.४३ प्रतिशत, रशुवागढी हाइड्रोपावरको ५.५१ प्रतिशत, सानिमा माइ हाइड्रोपावरको...
गभर्नर विवादको प्रत्यक्ष असर देखियो पुँजीबजारमा, दुई दिन निरन्तर ओरालो
काठमाडौं । गभर्नर विवादको प्रत्यक्ष असर शेयर बजारमा पनि परेको छ। सम्रग अर्थतन्त्रमा प्रभाव पार्ने बिषयलाई यति बेला विचौलियाको खेल खोल्ने माध्यम बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्को आलोचना आउन लागेको छ । गर्भनर नियुक्तिको भागवण्डमा नेपाली काग्रेंसका...
सानिमा माइ हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ८१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै, आज ङादी ग्रुप पावरको ६० करोड ७५...
१ दर्जन लघुवित्तको वित्तीय रिपोर्टः नाफामा ४०% को बढोत्तरी, ब्याज आम्दानी, एनपिएल र ईपिएसमा को तगडा ? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...
भन्सारमा सर्वसाधारण र व्यवसायीलाई सहज बनाउने सरकारको काम हो, राजस्व छलि भने हुन दिँदैनौं : अर्थमन्त्री
काठमाडौँ। अर्थमन्त्रीले भन्सार विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले राजस्व प्रणालीमा सुशासन कायम गर्ने र आम सर्वसाधारण तथा व्यवसायीलाई सहज हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा यो...
राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी अटो उद्योगलाई राहत, विदेशी पार्टपुर्जाको ट्यारिफ घट्ने संकेत
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडी उद्योगमाथि परेको ट्यारिफको असर कम गर्न केही आयात महसुल घटाउने तयारी गरेका छन्। उनले अमेरिकामा उत्पादन हुने गाडीहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जामा लाग्ने केही शुल्क घटाउने निर्णय गर्न लागेका हुन्। वाणिज्य सचिव...
एनएमबि बैंकले ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, बोर्डमा दियो निवेदन
काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत...
लुम्बिनीमा ‘स्मार्ट सेवा’को नाममा लापरबाही: करोडौंको विद्युतीय सवारी थन्किए, पाङ्ग्रा-एसी नचल्ने अवस्थामा
काठमाडौँ । बौद्ध दर्शनको जन्मस्थल लुम्बिनीलाई विद्युतीय र ‘स्मार्ट’ सेवा दिने नाममा सरकारले करोडौं लगानी गरेर ल्याइएका विद्युतीय बस र भ्यानहरू हाल थन्किएका छन् । कानुनी अस्पष्टता, व्यवस्थापकीय लापरबाही, अनधिकृत प्रयोग र मर्मत अभावका कारण ती सवारीसाधन सञ्चालनमा आउनै नसकेको...
पोखरा फाइनान्सका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव निर्मल कुमार कार्कीले जानकारी दिएका छन्। पौडेलले व्यक्तिगत कारण...
वाणिज्य बैंकले सरकारलाई बुझाए १९ अर्ब आयकर: ७ वटाको अर्बमाथि, अन्य कुनले कति ?
काठमाडौँ । ९ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई १९ अर्ब आयकर बुझाएका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा १९ अर्ब १५ करोड ५ लाख ७४ हजार रुपैयाँ राजस्व तिरेका हुन्...
गभर्नर नियुक्ति ढिलाइले अर्थतन्त्रमा असर, सांसद खतिवडाको सरकारलाई तत्काल नियुक्तिको माग
काठमाडौं । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको...
लुम्बिनी प्रदेशले भोलि अभिकर्ताको परीक्षा गर्दै, यस्तो छ समय तालिका
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले भोलि अर्थात बैशाख १७ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै...
बीमा बोर्डले विभिन्न अस्पताललाई ३७ अर्ब तिर्न बाँकी, स्वास्थ्य बीमा सङ्कटमा: मन्त्री प्रदीप पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणाली गम्भीर सङ्कटमा परेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्र उद्घाटन समारोहमा उनले वर्तमान स्वास्थ्य बीमा प्रणाली नागरिकमा आधारित नबने...
हाथवे इन्भेष्टमेन्टको नाफासँगै ईपीएसमा गिरावट, कस्ता छन् वित्तीय सूचांक ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडको खुद नाफामा सामान्य गिरावट भएको छ । समीक्षा अवधिमा कम्पनीले तीन करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य...
स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक पदमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
झुठो विवरण बुझाएको ठहरिए बीमाका अध्यक्षमाथि हुनसक्छ जेल र जरिबाना, भ्रष्टाचार निवारण ऐनमा के छ?
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदमा झुठो विवरण पेश गरी मन्त्रिपरिषदलाई समेत झुक्याएर बीमा प्राधिकरणका अध्यक्ष बनेका शरद ओझाको सम्बन्धमा भ्रष्टाचार निवारण सम्बन्धी कानुन समेत आकर्षित हुने देखिएको छ । भ्रष्टाचार सम्बन्धी कानुन बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा...




















