निर्धारण भयो सोमबारको सुनको मूल्य, प्रतितोला कति पर्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा झरेको हो। यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर...
बैंकको व्यथाः कर्जा उठाउन सीईओ नै दौडधुपमा, ऋणीको झर्को सहेर पनि उठ्दैन साँवा
काठमाडौँ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जो कुनै समय उच्च प्रशासनिक कोठामा बसेर भविष्यका योजना बनाउने, लगानीको रणनीति तय गर्ने र बचतकर्ताका विश्वासलाई दीर्घकालीन योजनामा रूपान्तरण गर्ने काममा व्यस्त रहन्थे । तर अहिले उनीहरु बिहानैदेखि बेलुकासम्म ऋणीको ढोका...
एक महीनामै साढे ११ प्रतिशतले बढ्यो कुल बीमाशुल्क आर्जन
काठमाडौं । हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन एक महीनाको अवधिमै करीब साढे ११ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले हिजै मात्र सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको मासिक तथ्यांकले वैशाख महीनाको तुलनामा जेठ महीनामा...
बारामा ट्रक दुर्घटनामा परी स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ। आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक जङ्गल क्षेत्रमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो।...
विश्व बैंकको दक्षिण एसियाली नेतृत्व जोहान्स जुटको हातमा, ३९ अर्ब डलरको परियोजनामा जिम्मेवारी
काठमाडौँ । विश्व बैंकले जोहान्स जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ। उनले जुलाई १, २०२५ देखि मार्टिन रायसरको स्थान लिँदै कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो । दक्षिण एसियाली क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जोहान्स जुटले...
सुर्यज्योति लाइफ र सुनौलो बचत तथा ऋण सहकारी संस्थाबीच ऋणी बीमा सम्झौता
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखा चितवन र सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. कालिका–६, चितवनबीच ऋणी बीमा सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुर्यज्योति लाइफ नारायणगढ शाखा प्रमुख सुरेन्द्र गिरी, सुनौलो सहकारीका...
एलआइसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । यसअघिका सञ्चालक तबलेश पाण्डेको पदावधि समाप्ति भएपछि नयाँ सञ्चालक रुपमा उनलाई नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकको निर्णयले उनलाई...
नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोक आचार्य नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले पाल्पाका आचार्यलाई सीईओ नियुक्त गरेको हो ।
आईएमई डिजिटल र खल्ती गाभिएर ‘आईएमई खल्ती लिमिटेड’ बने, साउन १ देखि एकीकृत कारोबार
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड गाभिएर अब एकीकृत रूपमा ‘आइएमई खल्ती लिमिटेड’ नामबाट कारोबार गर्ने भएका छन्। दुवै कम्पनीबीच मर्जरको प्रारम्भिक समझदारी २०८१ सालको फागुन ४ गते भएको थियो। सोही समझदारीअनुसार नेपाल राष्ट्र बैंकले...
एलईभी ०१ साट्न एक हप्ते एक्सचेन्ज कार्निभल, पाउनुहोस् बोनस र छुट
काठमाडौं । एलएस अटोको इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ साट्ने अवसरसहितको लेभलअप एक्सचेन्ज कार्निभल काठमाडौंको तीनकुनेमा सुरू भएको छ । नेक्सन भेन्चर प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरुमको उद्घाटनसँगै आजदेखि एक हप्तासम्म यो एक्सचेन्ज कार्निभल आयोजना गरिएको हो । कम्पनीका अनुसार...
सुदूरपश्चिममा अविरल वर्षा : कैलाली डुबानमा, नदीको जलस्तर खतरामा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा आइतबार बिहानैदेखि लगातार वर्षा जारी छ। पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दो छ भने तराईका बस्तीहरू डुबानमा परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा विशेष गरी तीव्र वर्षा भइरहेको छ,...
श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । जीवनको महत्वपूर्ण पललाई अर्थपूर्ण बनाउने उद्देश्यले कंचनपुर पुनर्बास नगरपालिका–०३ का विष्णु तामाङले श्रीमतीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्। उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘शुलभ जीवन बीमा’ योजनाअन्तर्गत ५ लाख रुपैयाँको बीमाङ्क भएको पोलिसी खरीद...
मुगुमा लगातार दोस्रो दिन भूकम्प
काठमाडौं । मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दोस्रो दिन सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बिहान ८ बजेर ३९ मिनेटको समयमा गएको उक्त भूकम्पको...
नबिल सस्टेनेबल बैंकिङ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै
काठमाडौं। नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २४ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो भन्टा १५ र डल्लो भन्टा ३० रुपैयाँ, तने...
निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने स्वास्थ्य बीमा बोर्डको निर्णय
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ)...
झापाको फर्निचर पसलमा आगलागी, १२ लाखको क्षति
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा राति आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। मोती बहादुर खड्काको एकतले टिनको घरमा सञ्चालन हुँदै आएको फर्निचर पसलमा राति साढे १२ बजेतिर...
देशभर साताभरी पानी पर्ने, १२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर सक्रिय भएको मनसुनका कारण आइतबारदेखि वर्षा थप बढेको छ। जल तथा मौसम विज्ञान विभागले साताभर लगातार पानी पर्ने पूर्वानुमान गरेको छ। मौसम पूर्वानुमान महाशाखाले अबका दिनहरूमा भीषण र अति भीषण वर्षा दोहोरिने सम्भावना देखिएकाले सतर्कता अपनाउन...
डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँमा स्थिर रहेको छ। १० जापानिज यनको खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७...
गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन सकिंदै
काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ। कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम...




















